
काठमाडौं, ११ चैत । डा. सीके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक एवम् रञ्जिता चौधरी पार्टी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ।
एकताका लागि गठित कार्यदलबीच एकताका लागि सहमति भएको हो । एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने बताइएको छ । तर पार्टीको नाम र चुनाव चिन्हको बारेमा भने निष्कर्षमा पुगिसकिएको छैन ।
चुनाव चिन्ह ढकिया राख्न विषयमा सकारात्मक छलफल भइरहेको छ ।
जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।








प्रतिक्रिया