२२ असार २०८३, सोमबार

जनताको अपेक्षासहित स्वच्छ नियत राखेर गरिएका काममा सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १० चैत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको अपेक्षा अनुसार काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्था सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले लेखिएका कानूनी कुरामात्रै देखाएर काम रोक्ने ढिलाई गर्ने वा रोक्ने काम गर्न नहुने बताएका हुन् ।

जनताको अपेक्षा सहित स्वच्छ नियत राखेर गरिएका कामहरू सञ्चालनका लागि सहयोग सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए जनप्रतिनिधिहरुले कहिले काहीँ अवसर पाउने हुदाँ पाएको अवसरलाई गम्भीरतापूर्वक लिनुपर्ने र आफ्नो योग्यता, क्षमता र दक्षता देखाउन नसके दिन बिताउने काम मात्र हुने कुरातर्फ सचेत हुन विभागीय मन्त्रीहरूलाई मुख्यमन्त्री कँडेलले आग्रह गरे ।

मन्त्रालयको कार्यक्षेत्र र योजनाको प्रकृति अनुरूप जिल्ला र क्षेत्रका आधारमा सन्तुलन कायम गरेर योजना निर्माण गर्दा उपलब्धी र कार्यसम्पादनमा फड्को मार्न सकिने उनको भनाइ छ । विगतको समयमा योजना बनाउदा पुर्व तयारीमा ध्यान नदिदा योजनाको कार्यान्वयन समस्या देखिएको हुँदा यसमा आगामी दिनमा ध्यान दिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

आर्थिक अनुशासन कायम गर्ने निकायको रूपमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृत बजेट कार्यान्वयन गर्न र समयमा भुक्तानी निर्माण व्यवसायीलाई बोलाएर दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए ।

आर्थिक वर्ष सकिन अझै चार महिना बाँकी रहेको हुँदा तदारूकताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले जनताले पहलकदमी र सक्रियता बढाएपनि माग गरे बमोजिम योजना छनोट नहुने भएकोले सोही अनुसारको मनोभावना सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए । यसका लागि सरोकार राख्ने कार्यालयले जनतालाई बुझाउनुपर्ने उनको भनाइ छ ।