३ असार २०८३, बुधबार

अस्कल क्याम्पसमा अनेरास्ववियुका पोखरेलको प्यानलै विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुका रूद्रहरि पोखरेल विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा पोखरेलको प्यानलै विजयी भएको हो पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन्।

सचिवमा गोपालबहादुर शाही, कोषाध्यक्षमा विवेक कोइराला र सदस्यहरुमा गोकर्ण साउद, सिजन पन्त, साधना सिग्देल, गणेश शाही, प्रशन्न चिलुवाल, ग्रिस्मा पन्त र विनय ढकाल विजयी भएका छन् ।