२९ असार २०८३, सोमबार

आफू नहुँदा देखाइदिन्छु भन्ने व्यक्ति एमाले हुन सक्दैन : भानुभक्त ढकाल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० चैत । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले जिम्मेवारी लिने तर काम नगर्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताएका छन् ।

आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले पद मैले पाउनु पर्छ, काम अरूले गर्नुपर्छ भन्ने मनोविज्ञानबाट बाहिर आएर जिम्मेवारी अनुसारको काम गर्नुपर्ने बताएका हुन् ।

पार्टी वा संगठन भित्र कोही आयो भने म पछि पर्ने हुँ कि भन्ने भ्रम केही नेताहरूमा देखिएको भन्दै ढकालले सबैलाई समेट्दा मात्र संगठन बलियो हुने बताए ।

‘आफूलाई नहुँदा एमालेलाई देखाइदिन्छु भन्ने व्यक्ति एमाले हुन सक्दैन’, उनले भने । एमालेका नीति र नेतृत्वको विरुद्ध आक्रमण भइरहेको बेला एमाले र त्यसका जनसंगठन भित्र कुनै विवाद हनु नहुने ढकालले बताए । त्यसो भयो भने मात्र मिसन २०८४ सफल हुने उनको धारणा छ ।