१४ असार २०८३, आइतबार

नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप र्‍याली निकालेका छन् ।

शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप र्‍याली निकालेका हुन् ।

र्‍यालीलीका क्रममा राजावादीहरुले ‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए । र्‍याली अघि बढ्ने क्रममा प्रहरीले पटकपटक अवरोध गरेको थियो ।

यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो । सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन् । तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरको दर्शन गर्न पुगेका छन् ।