३१ जेष्ठ २०८३, आइतबार

‘उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन् । उनले रोगबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वस्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ्य जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, ‘गलत खाना नै रोगको कारक हो । स्वस्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।’ त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्यर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो ।