१० असार २०८३, बुधबार

संघीयता कार्यान्वयनमा शक्तिको विकेन्द्रीकरणमा ध्यान दिनुपर्छ : उपसभामुख

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । उपसभामुख इन्दिरा रानामगरले संघीयताले शक्तिको बाँडफाँड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन् ।

शनिबार काठमाडौंमा आयोजित संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाँडफाँड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने बताएकी हुन् ।

‘शक्तिको बाँडफाँड भयो तर शक्किो विकेन्द्रीकरण भएन भन्ने कुरालाई एकदमै ध्यान दिनुपर्छ । तीनै तहका सरकारले कसरी अन्तरनिहीत भएर काम गर्न सक्छौँ । संघीयताको प्रशासकीयलाई कसरी व्यवस्थापन गर्न सक्छौँ । प्रहरीलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भन्ने कुराहरुलाई छलफलमा ल्याएर हामीले बनाउने नीतिमा समावेश हुनुपर्छ,’ उनले भनिन् ।