
धनुषा, ८ चैत । प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–६ स्थित गोदाममा प्रहरीले छापा मारेको छ ।
भन्सार छलीको सामान राखिएको गोदाममा प्रहरीले छापा मारेको हो । सुराकीका आधारमा गोदाममा छापा मार्न गएको प्रहरीको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको थियो ।
प्रहरीले बद्री यादवको घरमा रहेको गोदामबाट १४ बोरा अबैध सामान बरामद गरेको छ । गोदामबाट बरामद सामान के हो भन्ने खुलाईएको छैन ।








प्रतिक्रिया