
काठमाडौं, ८ चैत । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । पहिलो महाधिवेशनपछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठक आज चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्न लागेको हो । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।
बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ । साथै, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार, पालिकाका प्रमुख र उपप्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।
नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया