२५ जेष्ठ २०८३, सोमबार

घरेलु उद्योगका कपडा प्रवर्द्धन गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न तथा प्रदेशमा कार्यरत निजामती कर्मचारीले घरेलुका कपडा लगाउने व्यवस्थाका निम्ति नीति निर्माण गरिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित तीनदिने ढाका महोत्सवको उद्घाटन गर्दै तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई घरेलुका उत्पादन प्रयोग गर्न अनुदानको व्यवस्था गर्नसकिने बताए ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले ढाकाको बजारीकरणमा जोड दिइन् ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ भने ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासंघकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई कच्चा पदार्थ खरिद गर्न अनुदान दिइनुपर्ने माग गरे ।