२१ कार्तिक २०८३, शनिबार

मेची भन्सारबाट ८ महिनामा १० अर्ब बढी राजस्व संकलन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ७ चैत । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा १० अर्ब १७ करोड ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा ११ अर्ब नौ करोड ८७ लाख नौ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो ।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् छ अर्ब १२ करोड ४२ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा १७ अर्ब ९० करोड ६१ लाख २५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।