
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए । प्रधानमन्त्री ओलीले युवाहरुलाई विदेश पलायन हुन रोकेर साना साना उद्योगमार्फत आधुनिक कृषिको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भने ।

सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान संगठनका प्रतिनिधि सहभागी छन् । दुईदिने सम्मेलनमा दक्षीण एसिया क्षेत्रमा रहेका किसानहरुले भोगिरहेका समस्या र ती समस्या समाधानका विषयमा बृहत छलफल गरिने जनाइएको छ ।









प्रतिक्रिया