२१ कार्तिक २०८३, शनिबार

मध्यपुर थिमि नगरपालिका ‘उत्कृष्ट नगरपालिका पुरस्कार’बाट सम्मानित

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा वातावरण, संस्कृति र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै मध्यपुर थिमि नगरपालिकालाई मुलुककै ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०८१’बाट सम्मानित गरेको छ ।

बिहीबार नेपाल नगरपालिका संघको ३२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपुर थिमि नगरपालिकालाई सम्मानपत्र प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमीन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताए ।

प्रधानमीन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको पनि स्पष्ट गरे ।

‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छैन । जनतालाई सेवा दिने नजिकको सरकार यही हो’, जनप्रतिनिधिमाझ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ। यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’