७ असार २०८३, आइतबार

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ४ जना घाइते

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ७ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ । ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।