२६ असार २०८३, शुक्रबार

१०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ चैत । बारा सशस्त्र प्रहरीले १ सय ३ केजी लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले गएराति रामनगरबाट १ सय ३ केजी गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका–३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।