
बिर्तामोड, ७ चैत । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्दै गालीगलौच गरेको आरोपमा हल्दिवारी–१ का २३ वर्षीय नवराज ओली ‘नितेश’ पक्राउ परेका छन् ।
विदेशबाट नेपाल आई काठामाडौंमा लुकिछिपी बसेका उनलाई सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्रहत्या गर्ने, विभिन्न सामाजिक एवम् राजनीतिक व्यक्तित्वहरुलाई तथ्यहिन आरोप लगाउने कार्यमा सक्रिय ओलीलाई अभद्र कसुरमा पक्राउ गरी झापा प्रहरीले अनुसन्धान थालेको छ ।
ओलीले गोल्धाप प्रहरीलाई फोन गरेर धाकधम्की दिएको, अश्लिल शब्दहरु प्रयोग गरेको उजुरी परेको थियो । उजुरीका आधारमा पक्राउ परेका नितेशलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
चैत ३ गते ओलीलाई प्रहरीले पक्राउ गरेपछि अन्य व्यक्तिहरुले साइबर मुद्धामा समेत उजुरी दिइरहेको बुझिएको छ । ओलीले झापाका जनप्रतिनिधि, प्रहरी प्रशासन, पार्टीका नेताहरु, पत्रकारहरुलाई विदेशमा बसेर तथानाम गालीगलौच, चरित्र हत्या गर्दै आएका थिए ।








प्रतिक्रिया