२१ असार २०८३, आइतबार

हेटौंडामा ट्रकसँग ठोक्किदा ग्यास लोड भएको बुलेट पल्टियो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–९ पशुपतिनगरमा ट्रकसँग ठोक्किदा ग्यास लोड भएको बुलेट पल्टिएको छ ।

बिहीबार बिहान वीरगञ्जबाट ग्यास बोकेर धादिङको धार्केतर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्यास बुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किदा ग्यास बुलेट सडक किनारमा पल्टिएको हो ।

बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

ग्यास भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भइरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।