१५ असार २०८३, सोमबार

परीक्षार्थीलाई प्रधानमन्त्रीको शुभकामना, नआत्तिई परीक्षा दिन आग्रह

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।

बुधबार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका हुन् । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भनेका छन् ।

पहिला-पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनको भनाइ छ ।

‘तपाईँहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उनले भनेका छन् ।

उनले धैर्यताको साथ नआत्तिन राम्रो तयारी गरेर परीक्षा दिन आग्रह गरे । अनिदो र थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भन्दै उनले त्यसबाट जोगिन आग्रह गरेका छन् ।

‘एसइईको परीक्षा आइहाल्यो, त्यस कारण तपाईँहरूसँग खेर फाल्ने समय छैन, मेरो धेरै धेरै शुभकामना छ, तपाईँहरू राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुस्, सबैमा धेरै धेरै शुभकामना’, ओलीले सन्देशमा भनेका छन् ।