२२ असार २०८३, सोमबार

लोडसेडिङ हुने मन्त्रीको भनाइ खण्डन गर्दै कुलमानले भने- लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खडकाको भनाइको खण्डन गरेका छन् ।

मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएसँगै अब लोडसेडिङ रोक्न नसकिने ठोकुवा गरेका थिए । खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने उनको भनाइ थियो ।

तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको ठोकुवा खारेज गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएका हुन्। राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयत भइरहेकोले लोडसेडिङ नहुने उनले स्पष्ट पारेका हुन् ।

एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था नरहेको घिसिङको भनाइ छ ।