१८ असार २०८३, बिहिबार

साँझमा लोडसेडिङ हुने ऊर्जामन्त्रीको घोषणा

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । लोडसेडिङ लगभग बिर्सिसकेका नेपाली जनताले फेरि लोडसेडिङ भोग्नुपर्ने भएको छ ।

उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने घोषणा गरेका हुन् ।

आज राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताए ।

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको र धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिनुपर्ने बताए।

‘त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ‘बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।’