१८ असार २०८३, बिहिबार

२५ करोड बरामद घटनाको छानबिनका लागि समिति गठन गर्न माओवादीको माग

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेकपा (माओवादी केन्द्र) ले २५ करोड बराबारको अवैध रमक बरामद भएको घटनाको छानबिन गर्नको लागि विशेष छानबिन समिति बनाउन माग गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सननभई सम्भव नहुने भन्दै सत्य तथ्य छानबीनको लागि समिति गठनको माग गरेका हुन् ।

उनले भने, ‘यो सरकारप्रति प्रतिपक्षको आशंका छ । यो घटनाले संगठिन अपराधको जालो कुनस्तरमा संगठित भएर झांगिरहेको छ भन्ने कुराको चित्र बाहिर आएको छ । यो घटनाप्रति हाम्रो पार्टीकोतर्फबाट ध्यानाकर्षण भएको छ । यो यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन । त्यसैले गम्भिर रुपमा छानबिनको लागि माग गर्दछौं । अहिलेसम्म यस्ता घटनामा संलग्न भरिया र ड्राइभर मात्रै पक्राउ परेका छन् । ठूलो काण्ड डिसमिस पार्ने गरिएको छ । राजस्व अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहतमा भएकाले विशेष छानबिन समिति निर्माण गरेर जोसुकै भएपनि कारबाही गर्न माग गर्छौ ।’