२९ जेष्ठ २०८३, शुक्रबार

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे क्षमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन् । चैत ३ गते प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । त्यस अभिव्यक्ति आफूले प्रतिनिधत्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गरे ।

‘मेरा विचारले सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरुको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु’, सांसद घिमिरेले भने ।