२९ असार २०८३, सोमबार

सेतो मछिन्द्रनाथ पुनर्निर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । सेतो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि नेपाललाई भारतीय राजदूतावासले २४ किलो चाँदी हस्तान्तरण गरेको छ ।

बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच चाँदी हस्तान्तरण गरिएको हो । भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै, तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे ।

उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको पुनर्निर्माणको काम सकिने भनेर मिति तोकिएको छ । आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु । यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु ।’

करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुननिर्माणको काम भइरहेको थियो । अहिलेसम्म ७५–८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ ।