२० असार २०८३, शनिबार

सुनको भाउ हालसम्मकै उच्च

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

मंगलबार उच्च मूल्य रेकर्ड बनाएको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।