३१ जेष्ठ २०८३, आइतबार

जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका बुढा विजयी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ६ चैत । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् । बुढाका निकटम प्रतिद्धन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् ।

निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिस्पर्धी जैसीले एक सय नौ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले ८८ मत प्राप्त गरेका छन् ।

कूल मतदाता संख्या तीन सय ३४ रहेकोमा तीन सय १८ मत खसेको थियो ।

त्यसैगरी, सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । उनले ९४ मत प्राप्त गरे । सचिवका प्रतिस्प्रर्धी अनेरास्ववियुका नवराज भण्डारीले ८६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकै बीनबहादुर रावत विजयी भएका छन् । रावतले एक सय सात मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरेकी छन् ।

यस्तै, सदस्यमा नेविसंका प्रविण बुढ्थापा (१४६), अनेरास्ववियुका सुर्जा रावल (११९), नेविसंका राष्टु थापा (१०३), अखिल (क्रान्तिकारी)का टोपबहादुर बोहोरा (१०३) र अनेरास्ववियुका हिमाली धिताल (९७) मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पदमबहादुर शाहीले बताए ।