२२ असार २०८३, सोमबार

गोरखा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाका विभिन्न शक्तिपीठको दर्शनका लागि गोरखा जाने भएका छन् ।

शाहको सचिवालयका अनुसार उनी यही चैत ९ गते गोरखा जान लागेका हुन् । गोरखामा रहँदा उनले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका शाह त्यसपछि विभिन्न शक्तिपीठको दर्शन गर्ने नाममा सर्वसाधारणसँग भेटघाटलाई तीव्र बनाएका छन् ।

यस्तै, एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उनलाई त्रिभुवन विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए । अहिले राजा फर्काउने भन्दै राजावादीहरुले विभिन्न आन्दोलनको घोषणा गरेका छन् ।