१५ असार २०८३, सोमबार

पत्रकार थपलिया ‘युवा पत्रकारिता पुरस्कार’बाट सम्मानित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । पत्रकार ऋषि थपलिया ‘युवा पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् ।

एपिक नेपाल म्युजिक प्रालिको पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको हातबाट थपलिया सम्मानित भएका हुन् । थपलिया प्राइम टिभीबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को प्रोड्युसर/डाइरेक्टर हुन् ।

थपलियाले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक एपिक नेपालले जनाएको छ ।

‘तपाईंले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा कलम चलाएर समाजलाई सूचनाको माध्यमबाट दिशानिर्देश गराउँदै आउनुभएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेर आम दर्शक/श्रोताबीच लोकप्रिय हुनुहुन्छ,’ सम्मानपत्रमा उल्लेख छ ।