
काठमाडौं, ६ चैत । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सभापतिमा अनेरास्ववियुका ईश्वर थापा विजयी भएका छन् । उनी लगातार दोस्रो पटक सभापतिमा विजयी भएका हुन् ।
यस्तै, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन् ।








प्रतिक्रिया