३० जेष्ठ २०८३, शनिबार

नेपाल बैंकको साधारणसभा आज

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाल बैंक लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ ।

बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।