
हेटौंडा, ६ चैत । हेटौंडा क्याम्पसको स्ववियु अध्यक्षमा अभि मैनाली निर्वाचित भएका छन् ।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका अनेरास्ववियुका मैनाली २५१ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका दीपक वाइबा तामाङले ११९ मत प्राप्त गरे ।
सचिव पदमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुंगेलले ९१ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत प्राप्त गरे ।
त्यस्तै, सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् । साथै, समानुपातिकतर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए ।









प्रतिक्रिया