
हेटौंडा, ५ चैत । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियुलेको प्यानलनै विजयी भएको छ ।
८४ मत खसेकोमा अनेरास्ववियुका प्रशान्त भण्डारी ५३ मत सहित अध्यक्ष विजयी भएका हुन् ।
उनले निकटतम् प्रतिस्पर्धी अखिल समाजवादीकी नविना घलानलाई पराजित गरेका हुन् । घलानले ३१ मत मात्रै पाइन् ।
त्यसैगरी सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल विजयी भएका छन् ।








प्रतिक्रिया