
काठमाडौं, ५ चैत । स्ववियु निर्वाचन अन्तर्गत आज पाटन क्याम्पसमा भएको झडपमा चारजना घाइते भएका छन् ।
घाइते हुने चारै जना अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राईहुन् ।
नेपाली काँग्रेस निकट नेविसंघले निर्वाचनमा धाँधली गरेको भन्दै अनेरास्ववियु लगाएतले विरोध गरेपछि नेविसंघका नेता कार्यकर्ता कुटपिटमा उत्रिएका थिए ।
नेविसंघले गुण्डा लगाएर कुटपिट गरेको अनेरास्ववियुले बताएको छ ।












प्रतिक्रिया