५ श्रावण २०८३, मंगलबार

स्ववियु निर्वाचन : मन्थली बहुमुखी क्याम्पसमा मतदान जारी (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, ५ चैत । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामेछापमा एक मात्र स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।

बिहान ८ बजेबाट क्याम्पस परिसरमा मतदान जारी छ । क्याम्पसमा स्नातक र स्नातकोत्तरका ५ सय बढी विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

निर्वाचनमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल छुट्टाछुट्टै चुनाव लड्दैछन् ।

जिल्लामा स्ववियु निर्वाचन हुने एउटा मात्रै क्याम्पस भएकोले यो निर्वाचनलाई तीन प्रमुख राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् ।

निर्वाचन स्थलमा तीनवटै प्रमुख राजनीतिक दलका नेताहरू समेत भेला भएका छन् ।