२५ जेष्ठ २०८३, सोमबार

स्ववियु निर्वाचन : जनकपुरधामको राराब क्याम्पसको विवाद कायमै, वार्ता समिति गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ५ चैत । जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा स्ववियु चुनावलाई लिएर विद्यार्थीहरुबीच उत्पन्न विवाद अझ सामाधान हुन सकेको छैन ।

विवाद समाधानका लागि निरन्तर कोसिस जारी नै रहेको छ । यस क्रममा विद्यार्थीहरुसँग वार्ता गर्न वार्ता समिति गठन गरिएको छ । वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक विनिता ठाकुर रहेका छन् ।

क्याम्पस प्रमुख वसन्तकुमार कर्णले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरी वार्ता समिति गठनको जानकारी दिएका छन् । यता वार्ता समितिका सदस्य रहेका उपप्राध्यापक रेमन्त मोरबैताले विद्यार्थीसँग वार्ताका लागि म्यानडेड आफूहरुलाई नदिएकाले मात्रै कमिटी गठन गर्दा वार्ता सफल हुन्छ त्यो भन्न सक्ने आधार नरहेको प्रतिक्रिया दिए । आफूहरु कसरी वार्ता गर्ने अहिलेसम्म बुझ्न नसकेको समेत उनले बताए ।

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।

विभिन्न विवादका विद्यार्थीहरुको मागका कारण ती ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको छ ।