२६ असार २०८३, शुक्रबार

मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन : एमाले

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैन । नेकपा (एमाले) ले लोकतान्त्रिक गणतन्त्र विरूद्वका प्रयास असफल हुने बताएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले संविधान र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै कुनै पनि पश्चगामी प्रयासलाई अस्वीकार्य ठहर गरेको जानकारी दिए।

‘नेपालको संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्ने हाम्रो प्रतिबद्धता कायम छ । गर्नुपर्ने कामहरू अझै बाँकी छन्, तर उपलब्धिहरू अस्वीकार गर्दै नकारात्मक भाष्य निर्माण गर्ने, जनताको मनोबल गिराउने, र त्यसकै बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा फर्काउने कुनै पनि प्रयास स्वीकार्य हुँदैन,’ उनले भने ।

यस्तै एमालेले राष्ट्रिय सहमतिको सरकारबारे चलाइएको हल्ला बेमौसमी भएको बताएको छ ।

‘यो एकदमै बेमौसमी विषय हो। यो बिषयमा हामी प्रवेश गरेनौं। यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोज्या हो ?’ उपमहासचिव ज्ञवालीले भने ।