३१ असार २०८३, बुधबार

धनुषाको सबैला आज पनि तनावग्रस्त, तीनजना घाइते

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ चैत । धनुषाको सबैला नगरपालिका-९ आज पनि तनावग्रस्त भएको छ ।

भठिहनमा चोकको नामकरणलाई लिएर दुई पक्षबीचको विवाद आज पनि नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली नै चलाउनु परेको हो ।

प्रहरीको गोली लागेर एक जना युवाका घाइते भएका छन् । झडपमा अन्य दुइ जना पनि घाइते भएका हुन् । एक पक्षले ‘यादव चोक’ नामकरण गरेपछि अर्को पक्षले विरोध गर्दा दोहोरो झडप भएको हो ।

यसअघि हिजो पनि झडप भएपछि प्रहरीले अश्रृग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।