
काठमाडौं, ४ चैत । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा खोल्सा सिस्नेरीमा भारतीय गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
सोमबार बिहान दक्षिणकाली सडक खण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक भारतीय यूपी७०एनटी६९१७ नम्बरको फोर्स गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार १७ जना सवार रहेको गाडी दुर्घटना हुँदा ४ जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेहरु सबै भारतको उत्तर प्रदेशको राइबेली ग्राम यनटिबेसि उचहरका रहेका छन् । उनीहरुलाई उपचारका लागि हेटौंडा पठाइएको छ ।









प्रतिक्रिया