
हुम्ला, ३ चैत । अखिल नेपाल महिला संघ हुम्ला जिल्लाको आयोजनामा दुई दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आदानचुली गाउँपालिकामा हिजोदेखि सुरू भएको कार्यक्रम आज सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमको अध्यक्ष अनेमसंघ जिल्ला अध्यक्ष मन्जु रावलले गरेकी थिइन् भने प्रमूख अतिथि तथा प्रशिक्षक अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्र हमाल थिइन् ।
कार्यक्रममा अतिथि एवम् पार्टी स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, अनेमसंघ सचिव मिना सिंह रखाल, अनेमसंघ कर्णाली प्रदेश अध्यक्ष पदमा बस्नेत (खड्का) ले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा एमाले केन्द्रिय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज छक्क बहादुर लामा, केन्द्रिय सदस्य दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामी बुमी, अनेमसंघ केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरू पनि सहभागी थिए ।










प्रतिक्रिया