
मकवानपुर, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रिहा भएका छन् ।
राप्रपाका युवा संगठनका सदस्य सचिव निराजन बम रिहा भएका हुन् । मकवानपुर जिल्ला प्रशासन कार्यालयमा छलफलपछि उनलाई रिहा गरिएको बताइएको छ ।
स्वयम् प्रचण्डले पनि तस्वीर जलाएकै आरोपमा पक्राउ गर्न नहुने बताएका थिए । बमलाई रिहा गर्न माग गर्दै माओवादी केन्द्रकै नेताहरू पनि जिल्ला प्रशासन कार्यलयमा पुगेका थिए ।








प्रतिक्रिया