२२ जेष्ठ २०८३, शुक्रबार

आफ्नो तस्वीर जलाउने पक्राउ परेपछि प्रचण्डले भने- फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाएको आरोपमा एकजना पक्राउ परेकोमा प्रचण्डले नै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार मकवानपुरको हेटौँडामा राप्रपाका नेता निराजन बमले प्रचण्डको तस्वीर जलाएपछि प्रहरीले आज उनलाई पक्राउ गरेको छ । बमलाई पक्राउ गरिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले फोटो जलाएकै आधारमा पक्राउ गर्न नहुने बताएका हुन् ।

लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘लोकतन्त्रमा बिरोधका विभिन्न रुप हुन्छन् । फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’।