
काठमाडौं, ३ चैत । नेकपा (एमाले) का सांसद रघुजी पन्तले काम गर्न नसक्ने मन्त्रीलाई हटाउन माग गरेका छन् ।
आजको प्रतिनिधिसभ बैठकमा बोल्दै उनले काम गर्न नसक्नेलाई राखिराख्न जरूरी नभएको बताएका हुन् । उनले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाए।
‘विशिष्टहरूलाई सुविधा दिनेबारे डेढवर्षदेखि कानुनमन्त्रालयमा ड्राफ्ट भइरहेको छ। मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु। हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो,यो अहिले भइरहेको छैन। यही कुरा यहाँ संसद्मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर। पटकपटक प्रश्न उठेपछि भन्नुपर्यो नि। म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु, यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेर्ने बेला आयो। पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन। प्रधानमन्त्रीले पक्कै मूल्यांकन गर्नु भएको होला,’ उनले भने।









प्रतिक्रिया