
पोखरा, ३ चैत । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुवेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।
सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुवेदीलाई आफू ७१ वर्षको वृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको भिडियोमा प्रष्ट देखिन्छ । त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।









प्रतिक्रिया