८ असार २०८३, सोमबार

माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला चलेपछि…

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ ।

सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदैछ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।

सचिवालयले भनेको छ–

भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन । हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौँ ।