२६ असार २०८३, शुक्रबार

अनेम संघ हुम्लाको प्रशिक्षण कार्यक्रममा ७ जना एमालेमा प्रवेश

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, २ चैत । अखिल नेपाल महिला संघ (अनेमसंघ) हुम्लाको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी ७ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्य नवराज महताराका अनुसार कांग्रेसबाट अदानचुली–३ की विष्णकला नेपाली, अदानचुली–२ का चक्र कुलाला, मनलाल कुलाला, अमनी कटुवाल, सौमती कटुवाल र नैना बुढा तथा माओवादी त्यागेर अदानचुली–३ की हदेली नेपाली एमाले प्रवेश गरेका हुन् ।

महताराका अनुसार नवप्रवेशीहरूलाई अनेम संघका केन्द्रीय अध्यक्ष टुका हमाल, एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी लगायतका नेताहरूले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरे ।