३० असार २०८३, मंगलबार

सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहेका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

नेकपा (एमाले)का उपमहासचिवसमेत रहेका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । एमाले तनहुँकी संगठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौला रोगबाट पीडित थिइन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेकपा (एमाले)का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा समवेदना व्यक्त गर्न पुगेका थिए ।