१ कार्तिक २०८३, आइतबार

प्रचण्ड भन्छन्– दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्मनिरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए ।

समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए ।

उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् । त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो जनताको स्वतन्त्रताको कुरा हो । कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा अधिकार हो । हाम्रो संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि गर्दै आएको छ ।’ साथै, उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।

‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौँ । त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौँ । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।