२१ कार्तिक २०८३, शनिबार

नेपालीहरु झुटो धेरै बोल्न थाले, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो : मुख्यमन्त्री लामा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने बताएका छन् ।

बागमती प्रदेश हस्तकला संघको पाँचौ वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै उनले सबै क्षेत्र सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुने बताएका हुन् ।

उनले भने, ‘नेपालको सन्दर्भमा हामीले हरेक क्षेत्र सुर्धानुपर्ने अवस्था छ । सबै सुधारियो भने मात्रै सकारात्मक दृष्टिकोणबाट कामहरु हुन सक्छन् । हामी सबै सकारात्मक हुनुपर्‍यो । हामी नेपालीहरु झुटो धेरै बोल्ने भयौँ, त्यसैले विदेशीले पत्याउन छोडिसक्यो । हामीले विस्तारै विस्तारै झुटो बोल्न छोड्नुपर्छ अनि मात्र नेपाल र नेपालीलाई सबैले पत्याउँछन् ।’ साथै, उनले उद्योग बिना रोजगारी सिर्जना हुन नसक्ने बताए । उनले उद्योगमा जोड दिएनौँ, पाखा लगायौँ भने झन् बेरोजगार बढ्ने बताए ।

उनले भने, ‘उद्योग बिना रोजगारी सिर्जना हुन सक्दैन । रोजगारी सिर्जना गर्ने ठाउँ नै रोजगारी हो । उद्योगमा जोड दिएनौँ भने पाखा लगायौँ भने हामी सबै बेरोजगार हुन सक्छौँ । रोजगारी सिर्जना हुने कामहरु हामीले गर्न सकेका छैनौँ । खाली हामी रोजगारी भएन सिर्जना मात्र गर्नुपर्छ भनेर बसेका छौँ । अब हामीले उद्योगलाई जोड दिनुपर्छ ।’