२१ असार २०८३, आइतबार

मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाइते

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २ चैत । धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँस्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको हो ।

दुई जना भने घाइते भएका छन् । सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाइते भएका हुन् । घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चारै जना शुक्रबार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए । डुबेका चार जना मध्ये दुई जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।