२२ जेष्ठ २०८३, शुक्रबार

पाथिभरा केवलकारको विरोधमा उत्रिएका १८ जनालाई थुन्नुको कारण देखाउन सर्वोच्चको आदेश

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । पाथिभरामा निर्माणाधिन केवलकारको विरोधमा उत्रिएका १८ जनालाई पक्राउ गरेर थुन्नुको कारण देखाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले देखाऊ आदेश जारी गरेको हो।

अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङसमेतका नाममा आदेश जारी गरेको छ ।

केवलकारको विरोधमा आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।