११ असार २०८३, बिहिबार

सरकारले पूर्वविशिष्टलाई सुविधा दिने कुनै तयारी गरेको छैन : उपप्रधानमन्त्री सिंह

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १ चैत । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजिवन सुविधा दिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

आज नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको स्पष्ट पारेका हुन् ।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ । ०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए।

‘०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो । अहिले त्यस्तै प्रकृतिको कानुन निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आए पनि सरकारले त्यस्तो तयारी गरेको छैन,’ उनले भने ।

अहिले सरकारका विरूद्द विभिन्न माध्यमबाट हल्ला फैलाइको भन्दै यथार्थ बुझ्नुपर्नेमा जोड दिए ।